बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

एमसीसीलाई संसदको बिजनेस बनाइयोस् : खगराज अधिकारी


  • सोमबार, चैत्र ३० २०७७
12.6K
SHARES

खगराज अधिकारी

नेकपा एमालेका सांसद खगराज अधिकारीले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदको बिजनेस बनाउन आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले सभामुखलाई यस्तो आग्रह गरेका हुन् । सांसद अधिकारीले एमसीसीसम्बन्धी प्रस्ताव संघीय संसदमै रहेको भन्दै सभामुखले बैठकमा पेश गर्नुपर्ने बताएका हुन् ।

एमसीसी कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो । आज त्यो थान्को लागेर सभामुख महोदय तपाईं समक्ष छ’ अधिकारीले भने, ‘…यो संसदमा तीन-चार वर्ष कति वर्षसम्म लड्काउने हो ? एमसीसी तुरुन्त बहसको विषय बनाइयोस् र संसदको विजनेस बनाइयोस्, संसदको विषय बनाइयोस् भन्ने जोडदार माग राख्न चाहन्छु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा