बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

सेयर बजारमा नयाँ रेकर्ड, लघुवित्तमा आकर्षण


  • सोमबार, चैत्र ३० २०७७
8.9K
SHARES

फाईल तस्बिर

साताको पहिलो कारोबार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढे पनि सबै कम्पनीहरुको सेयर मूल्य भने बढेको छैन । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने केही समूहका सबइन्डेक्स बढेका छन् भने केही घटेका छन् ।

समग्रमा बजार बढ्दा नेप्से परिसूचकले इतिहास रचेको छ । आइतबार नेप्से परिसूचक १७ दशमलव २० अंकले बढेर २ हजार ६ सय ९१ दशमलव ५५ अंकमा पुगेको छ । जुन हालसम्मकै उच्च विन्दु हो ।

सोमबार सबैभन्दा धेरै बढ्नेमा भने लघुवित्त समूह देखिएको छ । यो समूहको सबइन्डेक्स ३.६४ प्रतिशतले बढेको छ । अधिकांश लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य बढेको छ । कारोबार रकम तथा कारोबार संख्याका आधारमा हेर्दा पनि लघुवित्त संस्थाहरु नै अगाडि देखिएका छन् ।

सबैभन्दा धेरै कमाउनेमा सोमबार अधिकांश लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु देखिएका छन् । केही कम्पनीहरुको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि करिब सर्किट लेभलमा नै कारोबार भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा