सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद प्रदीप गिरीले अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री केपी शर्मा ओली भएको बताए । तर दिन प्रतिदिनको विवाद संसदको भनाभनबाट समाधान ननिस्कने भन्दै उनले राष्ट्रिय सहमति खोज्नुपर्ने बताए ।
गिरीले भने, ‘जालझेल गरेर सकुनीले पासा फ्याके जस्तो संसद विघटन गर्ने दिशामा नगइयोस् ।
चुनाव नगर्ने हो भने संसदलाई पूरा कार्यकाल चल्न दिनुपर्ने सांसद गिरीले बताए ।
मुलुकको सबैभन्दा बलियो मानिसले ‘मै ठीक छ, मेरो कुरा मान’ भनिरहेको भन्दै उनले भने, ‘लामो समय जेल रहनुभएको, दुःख गर्नुभएको प्रधानमन्त्री ओलीलाई भन्छु, आजको राष्ट्रिय नियतलाई आफ्नो तजबिजको कुरा नमानी संसदमा उपस्थित प्रत्येक पार्टी, संसदभन्दा बाहिर रहेको नागरिक समाजले उठाएका एकपछि अर्को सवाललाई सम्बोधन गरी नयाँ उचाइ प्राप्त गर्नुस् ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।