
काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्ला समितिहरुका अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।
लामो समयदेखि टुंगिन बाँकी सांगठनिक एकीकरणमा ७७ जिल्ला कमिटीहरुका अध्यक्ष र सचिवका बारेमा टुंगो लगाएको छु बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, भोलि सूची सार्वजनिक गरिने छ।
केही दिनपछि बस्ने बैठकले पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन पर्ने पनि उनले बताए ।
त्यस्तै सचिवालय बैठकले ७१ औं पार्टी स्थापना दिवसको अवसरमा भोलि सोमबार दिउँसो १ बजे प्रज्ञा भवनमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।