प्रदेश २ सभाको पाँचौ अधिवेशनको पहिलो बैठक सोमबार बस्दैछ ।
प्रदेश सभाको बैठक झण्डै ६ महिनापछि बस्न लागेको हो । ६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसअघि ४ कात्तिकमा चौथो अधिवेशन अन्त्यको घोषणा गरिएको थियो ।
सोमबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयको पत्र पढेर सुनाउने र शुभकामना दिने कार्यसूची छ । अन्य कार्यसूचीबारे दलका नेताहरुसँग छलफल भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाको बैठक आह्वान भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आ–आफ्नो दलको नेता परिवर्तन गरेका छन् । एमालेले आफ्नो दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुद्यन महतोलाई र माओवादीले भरत साहलाई चयन गरेको छ ।
दुई पार्टीबीच एकता भएर नेकपा बनेपछि मण्डल संसदीय दलको नेता बनेका थिए । तर प्रधानमन्त्रीले संसद विघटन गरेपछि ओली पक्षका मण्डललाई तत्कालीन माधव–प्रचण्ड समूहले पनि संसदीय दलको नेताबाट हटाएर महतोलाई नै नेता बनाएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।