शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

बालोन डिओर–२०२१ : ‘हाई रेटेड’ खेलाडीको सूची सार्वजनिक


  • सोमबार, चैत्र ३० २०७७
22.3K
SHARES

फाइल तस्बिर

वर्ष २०२१ मा विश्व फुटबलको प्रतिष्ठित बालोन डिओर अवार्ड कसले जित्ला। अहिले यसको सामान्य अड्कलबाजी र चर्चा सुरु हुन थालिसकेको छ । सिजन २०२०–२१ अन्त्यतिर पुग्दै गर्दा यस वर्षको बालोन डिओर अवार्डका दाबेदारहरूको अनुहार बिस्तारै बाहिर देखिन थाल्नेछ । खास गरी युरोपियन टप–५ लिग कसरी सकिन्छन् र च्याम्पियन्स लिग कसले जित्छ भन्ने कुराले यस अवार्डको विजेतालाई धेरै हदसम्म निर्भर गर्नेछ ।

यसैबीच, एक सञ्चार संस्थाले युरोपियन शीर्ष लिगमा हालसम्म गरेको प्रदर्शनका आधारमा टप खेलाडीको सूची प्रकाशित गरेको छ । ‘हु स्कोर्ड’ले बालोन डिओर–२०२०१ को सन्दर्भमा हालसम्म उच्च प्रदर्शन गरिरहेका खेलाडीको सूची प्रकाशित गरेको हो । सो संस्थाले युरोपियन टप–५ लिगमा ‘टप रेटेड प्लेयर्स’ भनेर टप–१० खेलाडीको सूची प्रकाशित गरेको छ ।

जसमा स्पेनिस क्लब बार्सिलोनाका लिओनल मेस्सी सबैभन्दा अगाडि देखिएका छन् । व्यक्तिगत प्रदर्शनका आधारमा मेस्सी अझै पनि सबैभन्दा अगाडि देखिएका छन् । हालसम्म युरोपका शीर्ष लिगमा मेस्सी सबैभन्दा राम्रो प्रदर्शन गर्ने खलाडी हुन् । त्यसपछि मात्रै जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की रहेका छन् । प्रकाशित सूचीअनुसार मेस्सीले यो सिजनको प्रदर्शनका आधारमा ८.५९ रेटिङ पाएका छन् ।

त्यसैगरी, दोस्रो स्थानमा रहेका बार्यन तथा पोल्यान्डका लेवान्डोस्की छन् । उनले हालसम्मको प्रदर्शनको आधारमा ८.०५ रेटिङ पाएका छन् । त्यसपछि तेस्रो स्थानमा इंग्लिस क्लब टोटनह्याम तथा इंग्ल्यान्डका स्टार फरवार्ड ह्यारी केन रहेका छन् । उनले ७.७८ रेटिङ पाएका छन् । यस सूचीमा फ्रेन्च क्लब पिएसजीका फरवार्ड केलियन एमबाप्पे पाँचौं स्थानमा छ भने इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो भने सातौं स्थानमा मात्रै रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा