शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

दक्षिण कोरिया जान चाहनेहरुको लागि खुशीको खबरः माग्यो यत्ति धेरै कामदार !


  • सोमबार, चैत्र ३० २०७७
13K
SHARES

फाइल तस्विर

दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्तीर्णका लागि निर्धारण गरेको हो ।

एचआरडीले सन् २०२१ का लागि ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेकोमा नेपाललाई यो सङ्ख्या परेका हो । यो विश्वका विभिन्न १६ देशका लागि छुुट्याइएको कोटा हो ।

ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले यो पटक एचआरडीले सङ्ख्या पठाउँदा कोटा नभनेर परीक्षा उत्तीर्ण गर्ने भनिएकाले यीमध्ये कति जान पाउँछन् अहिलेसम्म स्पष्ट नभएको जानकारी दिए । उनले भने, अघिल्ला वर्षमा यति कोटा भनेर निर्धारण गरिएको हुुन्थ्यो, यो पटक त्यस्तो नभएर परीक्षा उत्तीर्ण गर्ने सङ्ख्या भनिएको छ, त्यसैले हामी पनि द्विविधामा छौँ, स्पष्ट हुन प्रयास गरिरहेका छौँ ।

निर्देशक गौतमले गएको जनवरीमै सूचना निकालेर एचआरडीले पहिलो आधा वर्षमा उत्पादनतर्फ एक हजार नेपाली श्रमिक लैजाने भनेको भए पनि चार महिना सकिन लाग्दासमेत कुनै प्रक्रिया अगाडि नबढेको जानकारी दिए । पहिलो आधा वर्षका लागि गरेको प्रतिबद्धता नै कार्यान्वयन नभएको अवस्थामा दोस्रो आधा वर्षको आउला भन्ने के आश गर्नु खै उनले थपे ।

नेपालबाट सन् २००८ देखि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई ईपीएसमार्फत दक्षिण कोरिया लग्दै आएको छ । कोरिया सरकारले विदेशी श्रमिक आपूर्ति गर्दै आएका देशमा कोरोना भाइरसका कारण सन् २०२० मा कोरियन भाषा परीक्षा सञ्चालन गरेन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा