बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

प्रहरीले शुरु गर्‍यो हिरासतमा पुस्तकालय स्थापना गर्ने अभियान


  • सोमबार, चैत्र ३० २०७७
6.5K
SHARES

फाईल तस्बिर

जिल्ला प्रहरी कार्यालय खोटाङमा ‘हिरासत पुस्तकालय’ स्थापना गर्ने अभियान शुरु गरिएको छ ।

विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिने थुनुवालाई अध्ययनमा संलग्न गराउँदै उनीहरूको सोचमा सकारात्मक विकास गराउने उद्देश्यले पुस्तकालय स्थापनाको अभियान शुरु गरिएको हो ।

भर्खरै स्थापना गरिएको पुस्तकालयका लागि आवश्यक पुस्तक सङ्कलन हुनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए ।

पुस्तकालयका लागि जिल्ला निर्वाचन अधिकारी कोपिला राईले १८, राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलले १४, जिल्ला प्रशासन कार्यालय खोटाङले नौँ, बिन्दु अधिकारी ढकालले तीन, प्रहरी निरीक्षक सागर साहले सात र प्रहरी सहायक निरीक्षक हरिकुमार पौडेलले दुई थान पुस्तक प्रदान गरिसकेका छन् ।

प्रहरी कार्यालयको हिरासत अगाडि स्थापना गरिएको पुस्तकालयलाई सहयोग स्वरुप गत शुक्रबार एकै दिन ३१ थान पुस्तक प्राप्त भएको प्रवक्ता एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिए ।

प्रवक्ता साहका अनुसार पुस्तकालयका लागि हलेसी खबर डटकमका सम्पादक हरिबोल आचार्यले रु पाँच हजार मूल्य बराबरको १९ थान तथा अधिवक्ता ओमप्रकाश घिमिरेले १२ थान पुस्तक प्रदान गरेका छन् ।

‘शिक्षा अभावकै कारण अधिकांश मानिसले आपराधिक क्रियाकलाप गरेको पाइन्छ’, पत्रकार आचार्यले भने, ‘आपराधिक क्रियाकलापमा संलग्न भएर पक्राउ परेका पनि हिरासतमा रहेको समयमा पुस्तक अध्ययन गरेर सचेत बनुन भन्ने उद्देश्यले पुस्तकालयका लागि ज्ञानवद्र्धक पुस्तक सहयोग गरिएको हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा