शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बिरामीको मृत्यु भएपछि मनकामना अस्पतालमा तोडफोड

६ जना पक्राउ


  • शुक्रबार, माघ २५ २०७५
32.9K
SHARES

२५, माघ, चितवन ।
चितवन भरतपुरमा रहेको मनकामना अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले तोडफोड गरेका छन् ।

भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षका कृष्णप्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।
रुखको घाँस काट्ने क्रममा लडेका भुसालको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । पीडितका आफन्तले उपचारमा अस्पतालले लापरबाही गरेका कारण घाइतेको मृत्यु भएको आरोप लगाएका छन् ।

तोडफोडबाट अस्पतालको रिसेप्सनको सीसा फुटेको छ भने कागजपत्र च्यातिएको छ । तोडफोडबाट करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा