बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध, अन्य पदाधिकारी निर्वाचनबाट चुनिए


  • सोमबार, चैत्र ३० २०७७
8.7K
SHARES

फाईल तस्बिर

डा. सीके राउत नेतृत्वको जनमत पार्टीको नयाँ कार्यसमिति चयन भएको छ । जनकपुरधाममा सम्पन्न पहिलो महाधिवेशनले निर्वाचनका माध्यमबाट नयाँ कार्यसमितिको चयन गरेको छ ।

अध्यक्षमा डा. राउतलाई कायम राख्दै अन्य पदमा निर्वाचन गराइएको छ । र निर्वाचनबाट उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, ई. बसन्त कुशवाहा, ई. दीपक कुमार साह र ई. नरेन्द्र प्रसाद चौधरीले विजयी भएका छन् ।

महासचिवमा चन्दन कुमार सिंह चुनिएका छन् ।

सदस्यहरुमा रौतहटका डा. सुवन्त कुमार कुशवाहा र ललिचतचन्द्र मल्लिक, सिरहाका संजय कुमार यादव र रामकुमार यादव, रुपन्देहीका भोगेन्द्र प्रसाद यादव, सुनसरीका भवानी महतो र सिताराम पण्डित, सप्तरीका सुरेन्द्र शर्मा र मदनेश कुमार चौधरी, सर्लाहीका नरेश प्रसाद कुशवाहा र राजेन्द्र राय, महोत्तरीका बिरेन्द्र महतो र संजय कुमार यादव निर्वाचित भएका छन् ।

यस्तै, नवलपरासीका बालगोबिन्द चौधरी, धनुषाका इन्द्रजीत यादव र डा. विनय कुमार पंजियार, बाराका ओमप्रकाश साह र सुनिल कुमार यादव, बाँकेका विष्णु प्रसाद यादव र इरफान अहमद शेख, रुपन्देहीका रामकेश गुप्ता, मोरङका परमेश्वर मुर्गु, कपिलवस्तुका योगेन्द्र चौधरी सदस्य पदमा निर्वाचित भएका छन् ।

महिला सदस्यमा सिरहाकी अनिता कुमारी मण्डल, धनुषाकी अनितादेवी साह, महोत्तरीकी अन्जनीदेवी मण्डल, सप्तरीकी बविता कुमारी राउत र जुलेखा विवी, सुनसरीकी आशा कुमारी मेहता, दाङकी राधा कुमारी यादव र झापाकी कौशिला देवी महतो निर्वाचित भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा