बुधबार, कार्तिक २६ २०८३
ताजा अपडेट

जिपी कोइराला क्याम्पसको विद्यार्थी ओरेन्टेशन कार्यक्रम सम्पन्न (भिडियो)


  • आइतबार, चैत्र २९ २०७७
14.4K
SHARES

काठमाडौँ ।
चाबहिल, सिफलमा रहेको जिपी कोइराला मेमोरियल सामुदायिक क्याम्पसले विद्यार्थी ओरेन्टेशन कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार क्याम्पस प्रांगणमा एक कार्यक्रमका आयोजना गर्दै विद्यार्थी ओरेन्टेशन कार्यक्रम सम्पन्न गरेको हो ।


काग्रेस नेतृ सुजता कोइरालाको प्रमुख आतिथ्यतामा गरिएको आरेन्टेशन कार्यक्रमको अध्यक्षता क्याम्पसका ब्यबस्थापन समितिका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य भिमसेन दास प्रधानले गरेका थिए । कार्यक्रममा बाग्मती प्रदेशका प्रदेशसभा सदस्य न्हुच्छे नारायण श्रेष्ठ, संस्थागत क्याम्पस प्रमुख खिला सापकोटा, नेपाली कांग्रेसका नेता श्याम डोटेल, लोक गायिका टिका सानु, लोक गायक अमृत सापकोटा, कलेजका प्राध्यापक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।


नवआगन्तुक विद्यार्थीहरुलाई क्याम्पसको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा क्याम्पसका प्राध्यापकको परिचय, विद्यार्थीहरुले निर्वाह गर्नु पर्ने भुमिका विषयकाका विषयमा ध्यानाकर्षण गरिउको थियो ।


कार्यक्रममा बोल्ने विभिन्न वक्तहरुले विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।


कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख शिव अधिकारीले क्याम्पसको बारेमा जानकारी प्रदान गरेका थिए । उनले जिपी कोइराला क्याम्पस अहिले विद्यार्थीहरुको रोजाइको केन्द्र बनिरहेको जानकारी गराउँदै विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा दिन जिपी टिम सदैव लाग्ने बताएका थिए ।


यस्तै जिपी कलेजका संस्थापक एवं बाग्मती प्रदेशसभा सदस्य न्हुच्छे नारायण श्रेष्ठले नवआगन्तुक विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै करिब १० विद्यार्थीहरुबाट सुरु गरिएको जिपीमा अहिले ३५ सय विद्यार्थीहरुले अध्ययन गरिरहेको बताए थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले विद्यार्थीहरुको उज्वल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्दै स्व. गिरिजा प्रसाद कोइरालालाई सम्झदैँ गिरिजा बाबुले जब केही कुरा गर्छु भन्नुहुन्थ्यो त्यो कुरा गरि छाड्नु हुन्थ्यो । आफ्नो सफलता प्राप्त गरेर नै छाड्नुहुन्थ्यो । उहाँले कहिल्यै पनि प्रजातन्त्र, राष्ट्र र राष्ट्रियताको विरुद्धमा कसैसंग नै सम्झौता गर्नुभएन । सोही कुरा विद्यार्थीहरुले सिक्नु पर्ने जोड दिएकी थिइन् ।


यस्तै कार्यक्रमका सभापती एवं प्रतिनिधिसभा सदस्य भिमसेन दास प्रधानले आर्थिक अभावकका कारण कोही पनि शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका जिपी कोइराला क्याम्पसको स्थापना गरिएको बताए ।


कार्यक्रम बिहान ८ बजेदेखि ११ बजेसम्म चलेको थियो भने कार्यक्रमको सञ्चालकको भुमिका डिबी बोहराले निर्वाह गरेका थिए ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले निमित्त क्याम्पस प्रमुख शिव अधिकारीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा