मोरङको विराटनगर महानगरपालिका–८ मा बाबुछोराबीचको विवादमा एक जनाको मृत्यु भएको छ । छोरासँगको झगडामा बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा माइलो छोरा रविले धकेल्दा मुखिया लडेका थिए, र उनको घाटीमा बासको भाटाले छेडेको थियो ।
गम्भीर घाइते भएका विकोको उपचारका क्रममा कोसी अस्पताल विराटनगरमा राति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
घटनापछि २५ वर्षीय रवि फरार छन् । शनिबार राति नै फरार भएका रविको खोजी भइरहेको प्रहरीले जनाएको छ । विकोका तीन छोरा र एक श्रीमती छन् ।
स्थानीय वासिन्दाका अनुसार मुखिया परिवारको झुप्रोमा मदिरा पसल थियो । राति अबेरसम्म पसल खोलेको भन्दै विको र छोरा रविबीच झगडा सुरु भएको थियो । त्यसै क्रममा रविले धकेल्दा घरको बार लगाएको बाँसको भाटा विकोको घाँटीमा उनिएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।