बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

सुनको भाउमा सामान्य गिरावट


  • आइतबार, चैत्र २९ २०७७
7.7K
SHARES

तस्विरः फाइल

चार दिनसम्म लगातर बढेको सुनको भाउ आइतबार सामान्य गिरावट आएको छ । आइतबार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत मंगलबारदेखि शुक्रबारसम्म सुनको भाउ सात सय रुपैयाँले बढेको थियो।

आइतबारका लागि छापावाल सुनको भाउ ८९ हजार पाँच सय रुपैयाँ तोकिएको छ । शुक्रबार ८९ हजार नौ सय रुपैयाँमा छापावल सुनको कारोबार भएको थियो । आजका लागि तेजावी सुनको कारोबार मूल्य ८९ हजार ५० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार प्रति तोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य १२७५ रुपैयाँ प्रति तोला कायम भएको महासंघले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा