बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

सरकार आफैले दिएको पदकमा फिर्ता ल्याएको भुमीको नक्सा राख्नु नपर्ने ?, भुमी मैरै पालामा ल्याएँ मात्र भन्ने हो ?


  • शनिबार, चैत्र २८ २०७७
10.4K
SHARES

फाईल तस्बिर

सरकारले बितरण गरेको पदकमा नेपालको भारतले हडपेको भुमीको नया नक्सा देखिदैन । सरकार स्वायमले बाडेको पदकमा किन नेपालको पुरा चुच्चे नक्सा दिखिदैन भन्ने प्रश्न उठेका छन ।

सरकारबाट पाएको पदक धेरैले सामाजिक संजालमा राखे तर सामाजिक संजालमा राखिएका तस्बिरहरुमा नेपालको पुरा नक्सा देखिएन ।

संसदले समेत अनुमोदन गरेको उक्त नक्शामा सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेकसहितको भूमि पनि समेटिएको छ । तर शुक्रबार वितरण भएको पदकमा नयाँ नक्शा नदेखिएपछि सामाजिक सञ्जालमा ‘चुच्चे नक्शा खै’ भन्ने प्रश्न उठेको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार ‘यो पोहोर सालकै पदक हो । कोरोनाका कारण दिन पाइएको थिएन । पोहोर पदकमा पहिल्‍यै छापिएर आइसकेकाले फेर्न मिलेन ।’ उनका अनुसार यो पदक २०७६ सालमा घोषणा गरिएको हो ।

पदक लिन बाँकी रहेकाहरुलाई वैशाख १ गते नयाँ नक्शासहितको पदक प्रदान गरिने बताए । उनले भने, ‘आज बाँडिएको पदक पहिल्‍यै छापिएको हो । बाँकी रहेकालाई आउँदो वैशाख १ गते सुशोभन गरिनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा