नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई खुट्टै नटेक्ने मान्छे भन्दै ओलीले लात हानेपछि ठिक भएको कडा टिप्पणी गरेका छन ।
देउवाले २०७४ सालको निर्वाचनपछि प्रचण्डलाई पटकपटक प्रधानमन्त्री बन्न भनेको बताएका हुन्।
काठमाडौंमा आज भएको निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोलेका देउवाले भने, ‘प्रचण्डलाई धेरैपटक प्रधानमन्त्री बनाउन खोजेको होइन हामीले? तपाईंहरूलाई थाहा छ नि,’ देउवाले भने, ‘खुट्टै नटेक्ने मान्छे। ओलीले लात हानेपछि ठिक भएको छ।’उनले ओलीलाई हटाउन खोजे पनि संख्या नपुगेको बताए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।