नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्रको भर्याङ चढेर, सर्वसत्तावादको धुरीमा पुग्न लागेको र ओलीलाई हटाउन कांग्रेस उदार भएर विकल्प दिनुपर्ने बताएका छन्।
निरंकुशतातिर गइरहेको सत्ताको विकल्प खोज्नुपर्ने पनि बताए।
पार्टी सभापति शेरबहादुर देउवा पनि उपस्थित नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा पौडेलले भने, ‘अहिले हामी चुनौतीको घडीमा उभिएका छौं। यो ख्यालख्याल छैन। एउटा चान्स हामीले मिस गरेकै हो। फेरि पनि अर्को चान्स मिस गर्ने हो भने रून पाउनु न हाँस्न पाउनु भन्नेजस्तो हुनेछ।’
पौडेलले ओलीलाई प्रधानमन्त्री हटाउन पार्टी उदार भएर विकल्प दिनुपर्ने बताएका हुन्। गत चैत २० को कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो।
‘निरंकुशतातिर गइरहेको सत्ताको विकल्प खोज्नुपर्छ। विकल्पका लागि उदार भएर जसरी विकल्प आउँछ त्यसरी हामीले अरू पार्टीसँग मिलेर इमान्दार प्रयत्न गर्नुपर्छ, उनले भने।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।