बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

म्यानमारको उपद्रो चीनलाई घेर्ने योजना त होइन ? : प्रेम सुवाल


  • बिहिबार, चैत्र २६ २०७७
13.6K
SHARES

फाईल तस्बिर

नेमकिपाका सांसद प्रेम सुवालले म्यानमारमा भइरहेको उपद्रव साम्राज्यवादीहरुले चीनलाई घेर्ने रणनीति अन्तर्गत त भएको होइन भन्दै प्रश्न गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले म्यानमारको आङसाङ सुकीको सरकारलाई त्यहाँको सैनिकबाट अपदस्थ गरिएकोबारे संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया र जापानमा समेत कुरा उठ्नुका साथै नेपालको यो संसदमा पनि चर्चा चलेको बताए । तर उनले म्यानमारमा सुकीको पार्टीको सरकारमा भएको भ्रष्टाचारबारे चर्चा नभएको भन्दै त्यस आन्दोलनको बेला सुकीको पार्टीको मुख्यालय संयुक्त राज्य अमेरिकामा रहेको र त्यसको शाखा भारतमा रहेकोबारे कतै चर्चा नभएको प्रसंग सुनाए ।

यसरी सुकीको आन्दोलनमा बाहिरी हस्तक्षेप भएको देखिन्छ, यसबारे पनि चर्चा भएन । म्यानमारको सैनिक शासनको विरोधको निहुँमा चिनियाँ उद्योगमा आगलागी र चीनको झण्डा जलाइएको छ । कतै यो एमसीसीको सिलसिला त होइन ?’ सुवालले प्रश्न उठिरहेको बताए ।

उनले म्यानमारका जनताको मानवअधिकार र प्रजातन्त्रको नाममा अमेरिकी सरकारको हस्तक्षेप त होइन भन्दै प्रश्न गरे । ‘म्यानमारका जनताको मानवअधिकार र प्रजातन्त्रको नाममा संयुक्तराज्य अमेरिकी सरकारको हस्तक्षेप त होइन यो पनि प्रश्न उठिरहेको छ ।

म्यानमारको अहिलेको उपद्रो चीनलाई दक्षिणतिरबाट घेर्ने साम्राज्यवादीहरुको योजना अन्तर्गत त होइन ?’ सुवालले भने, ‘संसारको इतिहासमा उपनिवेशवाद, जातीवाद फैलाउने, झुठ र भ्रम फैलाउने तथा हस्तक्षेप र आक्रमण गर्ने दोहोरो मापदण्डका साथ साम्राज्यवादी देशहरु मानवअधिकार र प्रजातन्त्रको झण्डा बोकेर आफ्नो अपराधलाई ढाकछोप गर्दैछन् ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा