बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीले कहिले उठेर, कहिले बसेर उद्घाटनको तमासा गरे : गगन थापा


  • बिहिबार, चैत्र २६ २०७७
16.1K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका सांसद गगन थापाले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलाई भएकोमा माफी माग्नुपर्नेमा प्रधानमन्त्री केपी ओलीले उल्टै उद्घाटनको तमासा गरेको बताएका छन् ।

बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले केपी ओली प्रधानमन्त्री भएको ५७ दिनमा मेलम्ची खानेपानी आयोजनाको टनेलको सुरुङ छिचोलिएर उपराष्ट्रपतिले उद्घाटन गरेको स्मरण गराउँदै त्यतिबेला प्रधानमन्त्री ओलीले २०७५ सालको असोजसम्म मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने दावी गरेको उल्लेख गरे । उनले भने– ‘प्रधानमन्त्रीले भनेको त्यो समयभन्दा पनि पछि पानी आउन साढे २ बर्ष लाग्यो । किन ? प्रधानमन्त्री र मन्त्रीको कुरा मिलेन, ठेकेदार र मन्त्रीको मोलमोलाई मिलेन । साढे २ वर्ष लाग्यो डेढ अर्ब अनावश्यक खर्च भयो । ५७ दिनमै चमत्कार भएको थिएन पहिलेदेखि नै काम भएको थियो । त्यो ९ महिना त आयोजनाको सिन्को समेत भाँचिएन । अहिले यत्रो फूर्ति ?’

उनले २०५५ सालमा मेलम्ची विकास समिति बनेपछि पनि २३ बर्ष लागेको बताउँदै उनले यो बीचमा सबै दल सरकारमा बसेको उल्लेख गरे । उनले सात आठ वर्षमा बन्नुपर्ने आयोजना २३ वर्षमा बन्दा अरबौं रुपैयाँ भार पर्दा माफी माग्नुपर्ने हैन भन्दै प्रश्न गरे ।

उनले काठमाडौंबासीसँग आयोजना ढिला भएकोमा माफी माग्नुपर्ने बेलामा प्रधानमन्त्रीले उद्घाटनको तमासा गरेको बताए । उनले भने–‘काठमाडौंबासीको बीचमा उभिएर माफी माग्नुपर्नेमा कहिले धारा खोलेर, कहिले बाल्टी थापेर कहिले उठेर कहिले बसेर उद्घाटन गरेको छ तमासा गरेको छ, चमत्कार गरेँ भनेको छ ।

उनले थला परेको आयोजनालाई अगाडि नबढाउने र भइसकेको आयोजना उद्घाटन गर्ने, मिथ्याङ्क ल्याएर यो भएको छ, त्यो भएको छ भन्दै २ वर्षअघि नै निर्माण सकिएको पुलको उद्घाटन गरेको बताए । उनले प्रधानमन्त्रीले डिजाइन पैसा केही नभएको सडक आयोजनामा प्रधानमन्त्रीले प्याट्ट स्विच थिचेर उद्घाटन गर्ने गरेको उल्लेख गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा