
काठमाडौँमा शुक्रबार साँझपख भारी वर्षा भएको छ । साँझ असिना सहितको वर्षा भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालको पहाडी भू–भागमा मौसम बदली रहने छ । स्थानीय वायुका कारण राजधानीको मौसम बिग्रिएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
‘स्थानीय वायुको प्रभावमा भएको प्रि–मौसमको समयमा यस्तै हुन्छ’, उनले भने, ‘तुरुन्तै मौसय बदली हुन्छ र तुरुन्तै मौसम सफा पनि हुन्छ, फेरि केही समयपछि बदली हुन्छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।