बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

जोसेफ संसारकै धनी व्यक्ति, अर्बपतिको सूचीमा विनोद चौधरी खस्के


  • बुधबार, चैत्र २५ २०७७
11.1K
SHARES

फाईल तस्बिर

सन् २०२१ का संसारकै धनी व्यक्ति घोषित भएका छन् । फोर्ब्सले प्रकाशित गरेको सूचीअनुसार यस वर्ष नेपालका एकमात्रै अर्बपति विनोद चौधरीको स्थान खस्किएको छ ।

सार्वजनिक सूचीअनुसार विनोद चौधरी २ हजार १ सय ४१ औं स्थानमा परेका छन् । अघिल्लो वर्ष उनी १५१३ स्थानमा रहेका थिए । उनको सम्पत्ति भने १ं दशमलव ४ बिलियन डलरमा स्थिर देखिएको छ ।

सन् २०२१ का संसारकै धनी व्यक्तिमा अमेजन मालिक जेफ बेजोस  घोषित भएका छन् । उनको कूल सम्पत्ति १७७ बिलियन अमेरिकी डलर पुगेको फोर्ब्सले जनाएको छ ।

सूचीको दोस्रो स्थानमा रकेट कम्पनी स्पेस–एक्स र कार उत्पादक टेस्ला कम्पनीका मालिक इलोन मस्क र तेस्रो पेरिसका लक्जरी वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा