शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

ह्यारी पोर्टर’ अभिनेता पलको निधन


  • बुधबार, चैत्र २५ २०७७
19.1K
SHARES

फाईल तस्बिर

सन् २००९ मा रिलिज फिल्म ‘ह्यारी पोर्टर’ र ‘द हाफ ब्लड प्रिन्स’का ब्रिटिस अभिनेता पल रिटरको निधन भएको छ । उनी पछिल्लो समयमा ब्रेन ट्युमरको बिरामी थिए ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार उनी ५४ वर्षका थिए । उनको प्रतिनिधिले निधनको पुष्टि गरेका छन् ।

फिल्म ‘ह्यारी पोर्टर’मा विजर्ड एल्डरेड बोर्पलेको भूमिका निभाएका कारण पलले निकै तारिफ पाएका थिए । उनको परिवारमा पत्नी पोली र छोराहरु फ्रैंक र नोआह छन् ।

उनले सन् २००८ मा रिलिज जेम्स बोण्ड फिल्म ‘क्वेन्टम अफ सोलस’मा पनि अभिनय गरेका थिए । उनको जन्म डिसेम्बर २०, १९६६ मा ग्रेवसेण्ड केंटमा भएको थियो ।

उनको बाल्यकालको नाम साइमन पल एडम्स थियो । उनको पिता केन एडम्स कैयौं बिजुली स्टेसनमा एक टूलमेकरका रुपमा काम गर्थे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा