प्युठानमा भएको आगलागीको घटनामा दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका–३ रजवाराका स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
बुधबार विहान करिव ९ बजे घरमा अभिभावक नभएको बेला आगलागी भएको प्रहरीको भनाइ छ । अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको जनाइएको छ
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।