बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

अब काठमाडौँ नबस्ने प्रचण्डको घोषणा !


  • बुधबार, चैत्र २५ २०७७
11.2K
SHARES

फाईल तस्बिर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफू अब थोरै समय मात्रै काठमाडौं बस्ने र धेरै समय जिल्लालाई दिने घोाषणा गरेका छन् ।

मंगलबार जनआन्दोलन दिवसको सन्दर्भमा रुकुममा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। रुकुममा आयोजित आर्थिक समृद्धि, सामाजिक, सांस्कृतिक रुपान्तरण लागि
आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले बाँकी अवधि फेरि जनताको काखमा बसेर प्रतिक्रान्तिकारीलाई चुनौती दिने आँट भएकोसमेत घोषणा गरेका छन्।
‘अब थोरै समय काठमाठौँ, धेरै समय जिल्लालाई दिन चाहेको छु’, प्रचण्डले भने, ‘बाँकी अवधि जनताको काखमा फेरि एकचोटी गएर प्रतिक्रान्तिकारीलाई चुनौती दिने आँट मसँग छ।’

जनसभा तथा प्रशिक्षण कार्यक्रममा देखिएको उपस्थितिले आफूलाई ऊर्जा दिएको भन्दै प्रचण्डले प्रतिक्रान्तिकारीसँग कहिल्यै नझुक्ने बताए। उनले जनताका अगाडि गरिएका प्रतिबद्धतालाई बिर्सिएर नझुक्ने बताए्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा