बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

लोकसेवाले माग्यो साढे ४ सय बढी पदमा आवेदन


  • बुधबार, चैत्र २५ २०७७
8.1K
SHARES

फाईल तस्बिर

लोक सेवा आयोगले बुधबार राजपत्रअनंकित द्वितीय श्रेणीमा  प्राविधिक तथा स्वास्थ्य सेवा चौथो तहमा साढे ४ सय बढी पदमा आवेदन खुला गरेको छ।

आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो।

आयोगले आफ्ना विभिन्न कार्यालयमातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन मागेको हो।

योग्यता पुगेका उम्मेदवारले आयोगका कार्यालयहरू धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले माग गरेका विभिन्न पदमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा