बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

मैले गल्ती गरें, आत्मालोचना गर्छु : प्रचण्ड


  • मंगलबार, चैत्र २४ २०७७
9.2K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूबाट गल्ती भएको भन्दै आत्मालोचना गरेका छन् ।

मंगलबार रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले दुःख कष्ट गरेका तथा नेतृत्वलाई बचाउने नेता कार्यकर्ता ओझेलमा परेको र जाली फटाहाहरुले महत्व पाएको स्वीकार गरे ।
एमाले प्रवेश गरेका नेताहरुतर्फ संकेत गर्दै उनले अघि भने, ‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्नेहरुलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगें । शायद मैले गल्ती गरें ।

‘मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नुपर्थ्यो, नियुक्ति, पार्टीको पदहरुमा पदोन्नति गर्नुपर्थ्यो’ उनले अघि भने, ‘ गल्ती भयो । साेझासीधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली फटाहाबाट हेडक्वार्टर घेरिए जस्तो भयो ।’

यद्यपि आफूले कहिल्यै देश र जनताको हितमा दायाँबायाँ नगरेको उनले दाबी गरे । सम्बोधनका क्रममा प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमानदारी साथ लागेका नेता कार्यकर्तालाई अगाडि बढाउने प्रतिबद्धता समेत जनाए ।

प्रचण्ड अब कमजोर भए भन्न थालेको बेला रुकुमका जनताबाट आफूले उर्जा पाएको उनले सुनाए । उनले अघि भने, ‘मसँग मेरो पार्टी छ, नेता कार्यकर्ता छन् र क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने साथ छ । सिंहदरबारमा बसेर प्रतिगमन गर्न चाहने सरकारलाई म खबरदार भन्न चाहन्छु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा