बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

कर्णालीमा एमालेले नयाँ सरकार निर्माणको गृहकार्य थाल्यो


  • मंगलबार, चैत्र २४ २०७७
13.2K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कर्णालीमा नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा नयाँ सरकार निर्माणको गृहकार्य थालिएको हो ।  एमाले सांसद सुशील थापाले रातोपाटीलाई भने, ‘सरकार बनाउनका लागि अन्य दलहरूसँग समन्वय र सल्लाह गर्ने काम यामलाल कँडेलले गर्नेछन् ।’

एमालेबाट सरकारमा रहेका तीनजना मन्त्रीहरुले राजीनामा दिएलगत्तै बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार राजीनामा दिएका छन् । उनीहरुले पार्टीको निर्णयलाई स्वीकार गर्दै सरकारबाट राजीनामा दिएको बताएका छन् । यस्तै संसदीय दलको बैठकले आफ्नो पार्टीको विधान पनि पास गरेको छ ।

सांसद थापाले भने, ‘मुख्यमन्त्रीले राजीनामा दिएर अब बाटो खुला गरिदिनुपर्छ ।’  बाटो खुला गरिदिएपछि नयाँ सरकार बनाउन सहज हुन्छ ।’ नैतिकताका आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ’ उनले भने । यद्यपि, मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने तत्कालै राजीनामा दिने सोचमा छैनन् ।

एमालेले चैत ५ गते समर्थन फिर्ता लिएपछि आफ्नो पक्षमा समर्थन कायम रहेको देखाउन मुख्यमन्त्री शाहीलाई अब पाँच दिनको समयावधि बाँकी रहेको छ । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १८८ मा विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा