बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

प्रहरी र भारतीय तस्करबीच दोहोरो भिडन्त, एक जना तस्कर घाइते


  • मंगलबार, चैत्र २४ २०७७
7.4K
SHARES

फाईल तस्बिर

कैलालीको भजनी नगरपालिका–३ मोरियाघाटस्थित मोहना नदी किनारमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो भिडन्त भएको छ ।

भिडन्तमा नेपाल प्रहरीतर्फ कुनै क्षति भएको छैन भने, एक जना तस्कर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता हिक्मत थापाले जानकारी दिनुभएको छ ।

प्रहरीको गोली लागेर भारतीय तस्कर लखिमपुर खिरी जिल्ला तिकुनिया ग्राम पञ्चायत रणनगरका ४० वर्षीय दिल्लु सिंह घाइते भएको बताइएको छ । प्रहरीको कारबाहीपछि घाइतेसहित चार जना तस्करै भारततिर भागेका छन् । तस्करलाई नियन्त्रणमा लिन खोज्दा उनीहरुले गोली प्रहार गरेपछि जवाफी फायर गरेको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा