बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

नेपाल पक्षका तीन विद्यार्थी नेतालाई ओली पक्षले गर्‍यो कारवाही


  • मंगलबार, चैत्र २४ २०७७
9.6K
SHARES

फाईल तस्बिर

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले नेता माधवकुमार नेपाल पक्षका तीन जना विद्यार्थी नेताहरूलाई कारवाही गरेको छ।

अनेरास्ववियूका अध्यक्ष ऐन महरले साधारण सदस्यसमेत नरहने गरी आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई मंगलबार कारवाही गरेका हुन्। महर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन्।

लामासहित नेपाल पक्षका विद्यार्थीहरूले गत चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए।

उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको र पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नदिएकोले कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले संगठनको हितविपरीत समानान्तर कमिटी गठन गरेकोले कारवाही गरिएको पनि उल्लेख गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा