बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

विभूषण चैत २७ गते वितरण गर्ने निर्णय


  • मंगलबार, चैत्र २४ २०७७
14.8K
SHARES

फाईल तस्बिर

गत वर्ष कोरोना महामारीका कारण वितरण हुन नसकेको विभूषण आगामी चैत २७ गते वितरण गरिने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको विभूषण समितिको बैठकले गत वर्ष ४५० जनालाई वितरण हुन नसकेको विभूषण सो वितरण गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार ०७६ असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण प्रदान गर्ने घोषणा भएपनि सुशोभन कार्यक्रम हुन सकेको थिएन।

राष्ट्रपतिबाट मानपदवीमध्ये महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी–२, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी–७, उज्ज्वल र्कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी–१, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी–९ लगायत वितरण गरिन लागिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा