काठमाडौँ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौँ महानगर कमिटीको आयोजनामा जिल्ला व्यापी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

मंगलबार स्मार्ट प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै ३ दिने जिल्ला व्यापी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको हो ।

६५ विद्यालयबाट ७५ टिमको सहभागिता रहेको हाजिरी जवाफ प्रतियोगितामा मेगा पब्लिक स्कूलले उपाधि जितेको छ भने कान्तिपुर इंग्लिस एकेडेमी दोश्रो, महाकवि देवकोटा मेमोरियल माध्यमिक विद्यालय तेश्रो, लुनाधर अंग्रेजी विद्यालय चौथो र अर्किड प्युपल सेकेण्डरी स्कूलले पाचौँ स्थान हासिल गरेको छ ।

प्रथम हुने टिमलाई नगद १२ हजार रुपैयाँ, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको थियो भने दोश्रोलाई ९ हजार, तेश्रालाई ६ हजार, चौथो र पाँचौँलाई ३ हजार नगद सहित मेडल, प्रमाण–पत्र प्रदान गरिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा एन प्याब्सनका राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटा, एन प्याब्सनका प्रमुख सल्लाहकार कर्ण बहादुर शाही, एन प्याब्सनका पूर्व बरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, एन प्याब्सनका महा–सचिव सुबास न्यौपाने, एन प्याब्सनका काठमाडौँ जिल्ला अध्यक्ष खडक बहादुर बस्नेत तथा पदाधिकारी एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।






















तस्विरः रोभिन भट्टराई/KTMKHABAR