बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले संसदमै उठाए राजसंस्थाको मुद्दा


  • सोमबार, चैत्र २३ २०७७
11.8K
SHARES

फाईल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले मुलुकमा राजसंस्थाको आवश्यकता औंल्याएका छन् ।
उनले अहिलेको शासन प्रणाली नै विफल भएको जिकिर गर्दै अब नयाँ ढङ्गले सहमति आवश्यक रहेको बताए । यस क्रममा विगतमा पाखा लगाइएको देशको परम्परागत शक्ति ‘राजसंस्था’लाई पनि समेट्नुपर्ने उनले बताए ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले भने, ‘हामी कहाँ जाने भनेर हिँडेका थियौं, कहाँ पुग्यौं ? काठमाडौंबाट काँकडभिट्टा जाने भनेर हिँडेको, नारायणघाटबाट पूर्व लाग्नुपर्ने तर बाटो उल्टो भयो भनेर हामीले पहिले नै भनेको हो । त्यतिबेला हाम्रो स्वर सानो भयो, संख्या सानो भयो ।

अहिले यात्रा बुटवल पुगेपछि मात्र बाटो त उल्टो भयो भनेर सबैले महसुस गर्न थालेको उनले बताए ।

अहिले मुलुकमा देखिएको अस्थिरता, अनिश्चय कुनै एक व्यक्ति वा एउटा पार्टीको मात्र असफलता नरहेको उनले बताए । हामीले अपनाएको प्रणाली नै असफल भएको उनको भनाइ थियो ।

अहिलेकै व्यवस्था, अहिलेकै अवस्थामा सरकार परिवर्तन वा नयाँ निर्वाचन, जुन बाटो अवलम्बन गरे पनि यो अस्थिरता अन्त्य गर्न नसकिने उनले प्रस्ट पारे ।

मुलुकले अहिलेको अस्थिरताबाट शिक्षा लिएर नयाँ सम्झौता गर्नुपर्ने बेला आएको लिङ्देनले बताए । ‘वर्तमान सरकारसँग धेरै कुरामा विमति, असहमति भए पनि गत वर्ष विखण्डनको कुरा गर्ने सिके राउत र यो वर्ष विप्लव समूहको नेकपालाई सरकारले मुल प्रवाहमा ल्याएको छ,’ उनले भने, ‘साँच्चै नै राष्ट्रिय एकता गर्ने हो भने यतिले मात्र पुग्दैन, सिके राउत र नेत्रविक्रम चन्दलाई मात्र होइन, अनेक लाञ्छना र अभियोगका बाबजुद पनि शान्त र सौम्य रहेको नेपालको राजसंस्थालाई पनि स्थान दिएर मुलुकमा राष्ट्रिय एकता कायम गर्न म सबै राजनीतिक दलहरूलाई आग्रह गर्छु ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा