नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूका ४ जना नेता माथी पार्टी सदस्य बाटै निलम्बन गरे पछि आक्रोसित भएको खनाल नेपाल समुह थप आक्रामक बन्दै गएको छ । देशै भरी समानान्तर कमिटी निर्माण गरिरहको उनिहरुले काठमाडौमा पनि सामानान्तर कमिटी घोषणा गर्दैै छन् । ओली प्रती आक्रामक बन्दै आएका निलम्वित नेता माधवकुमार नेपालले आधिकारिक एमाले आफूहरुनै भएको बताएका छन् । कानुनी रुपमा एमाले आफ्नो नभए विकल्प खोजिने समेत उनले घोषणा गरेका छन् ।
काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै नेपालले केपी ओलीले फाल्दैमा आफूहरु नफालिने बताए । उनले ओलीले नवौं महाधिवेशनमा जालझेल र षडयन्त्र गरेर अध्यक्ष जितेको र अहिले प्रधानमन्त्रीको फूर्ति लाइरहेको दावी गरे ।
नेपालले भने–कानुनी रुपले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो,एमाले आधिकारिक हामी हौं । हामी यसैलाई आधिकारीक मान्छौं । कानुनले दिएन भने बेग्लै उपाय खोजौंला ।
केपी ओली एमालेका पनि अधिकांश कमिटीमा अल्पमतमा रहेको दावी नेपालको छ । उनले आफूहरु ओलीसँग नझुक्ने बताए । कानुनी रुपमा केपी ओलीले एमाले पार्टी कब्जा गरेको माधव नेपालको स्विकारोक्ति देखिन्छ । यस्तो अवस्थामा लामो समय यहि रुपमा रहन नसक्ने बुझेर हुन सक्छ नेपालले अलग हुन सक्ने संकेत दिएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।