बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

ओलीमा आफु बस्न नपाए कुर्सी नै भाँच्ने प्रवृत्ति छ, जालझेलले जितेको मान्छेले फुर्ती लागाउने ? : नेपाल


  • आइतबार, चैत्र २२ २०७७
9.2K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री छाड्नुपर्दा कुर्सी नै भाँच्ने प्रवृत्ति केपी ओलीमा रहेको आरोप लगाएका छन् । नवौं महाधिवेशनमा जालझेल गरेर ओलीले जितेको भन्दै उनले फुर्ती नलागाउन पनि चेतावनी दिए ।

०७२ सालमा आधा आधा कार्यकाल प्रधानमन्त्री बन्नेगरी उहाँले माओवादी अध्यक्ष प्रचण्डसँग सहमति गर्नुभयो । प्रचण्डको पालो आएपछि छाड्दिनँ भन्नुभयो । सहमतिका लागि मलाई मध्यस्थता  गर्न बोलाइएको थियो’ आइतबार नेपाल–खनाल समूहको काठमाडौं जिल्ला कमिटीको घोषणा कार्यक्रममा उनले भने, ‘मैले पद छाड्नुस् प्रधानमन्त्री प्रचण्डलाई दिनुस्, त्यसो गर्दा हाम्रो पार्टी पनि सरकारमै रहन्छ भनेको थिए, सुरुमा हुन्छ भन्नुभयो । तर पछि फेरि बोली फेर्नुभयो । त्यसपछि कांग्रेस र माओवादी मिले, एमाले सरकारबाटै बाहिरियो ।

यसपटक पनि आफू संकटमा परेपछि ओलीले संसद् नै विघटन गरेको नेपालले बताए । नेपालले ओलीसामू नझुक्ने पनि उनले स्पष्ट पारे । ‘मानिसहरु भन्छन्, एउटा ओलीसामू झुक्ने, अर्को गेरुवस्त्र लगाउने पनि विकल्प छ । तर हामी त्यता जाँदैनौं । दृढताका साथ छाति खोलेर लड्छौँ । जितेर छाड्छौँ । कम्युनिस्ट आन्दोलन रक्षा गर्छौं’, उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा