बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

केपी ओलीले राजनिति हैन, बालुवाटारमा बसेर तमासामात्र गरिरहेका छन : नेपाल


  • आइतबार, चैत्र २२ २०७७
9.6K
SHARES

फाईल तस्बिर

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तमासामात्र गरिररहेको बताएका छन्।

आइतबार काठमाडौंमा समानान्तर कमिटी घोषणा गर्न आयोजित भेलामा सम्बोधन गर्दै नेपालले ओलीले पार्टीलाई गलत बाटोमा लिएको र बालुवाटारमा बसेर तमासा गरेको बताए।
दुई तिहाइको सरकार बनेपछि कम्युनिष्ट पार्टीले अझ राम्रो काम गर्लान् भन्ने अपेक्षा रहेको भए पनि ओली सरकारले कुनै पनि क्षेत्रमा राम्रो काम गर्न नसकेको बताए।

‘कूटनीतिक सम्बन्ध, जनहित, सुशासन र भ्रष्टाचार निवारणमा केही पनि काम गर्न सकेनन्। तमासामात्र गरिरहेका छन्,’ नेपालले भने, ‘एकैदिन १६५ सडकको शिलान्यास रे! बालुवाटारमा बसेर स्वीच थिचेर शिलान्यास हुन्छ। डिपिआएर भएको छैन, बजेटको व्यवस्था छैन। नाम लेख्न पाइन्छ भनेर शिलान्यास गरेको छ। यो सब तमासामात्रै हो।

उनले ओलीलाई जताततै नाम लेखाउन मन भए घरको कोठाभरि नाम लेखेर टाँस्न पनि सुझाव दिए।

यसअघि प्रधानमन्त्री ओलीले शनिबार १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडकको शिलान्यास गरेका थिए।

आजको कार्यक्रममा बोल्दै नेपालले आफूहरूले एमाले पार्टीलाई सही मार्गमा लैजान संगठन पुनर्गठन गरिरहेको बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा