शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओलीको कम्युनिष्ट एकता मात्रै प्रधानमन्त्री पद प्राप्त गर्नका लागी रहेछ : बर्षमान पुन


  • आइतबार, चैत्र २२ २०७७
16.9K
SHARES

फाईल तस्बिर

माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले केपी ओलीले समाजवादका लागि, कम्युनिष्ट आन्दोलन बलियो बनाउनका लागि नभई प्रधानमन्त्री पदमा पुग्ने स्वार्थले एकता गर्नुभएको रहेछ भन्ने घटनाक्रमहरूले पुष्टि गरेको बताएका छन ।

ओखलढुंगामा शनिबार पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पुनले सबै धारा र प्रवृत्तिका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गरिने बताए।

आफूहरूले समाजवाद कार्यान्वयन गर्ने सही नियतका साथ एमालेसँग एकता गरेको भए पनि केपी ओलीले स्वार्थको रणनीतिका रूपमा प्रयोग गरेकाले एकता दीगो नभएको पुनको भनाइ थियो।

उनले अब एकता गर्दा विचार र प्रवृत्तिगत रूपमा माओवादी पार्टी र आन्दोलन हाबी हुने गरी गरिने स्पष्ट पारे।

उनले माओवादीले सबै धारका कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्न एकताको झण्डा उठाउने दाबी समेत गरे।

‘एकता हिजो पनि जरूरी थियो, आज पनि जरूरी र आवश्यक छ, फेरि पनि एकताको बाटोबाट अगाडि जानुपर्छ’, उनले भने,’माओवादी केन्द्रले फेरि ध्रुवीकरणको प्रयास गर्छ, एकताको प्रयास गर्छ। हामी एकताको झण्डा उठाउँछौं।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा