शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

जोर्डनका पूर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा


  • आइतबार, चैत्र २२ २०७७
30.3K
SHARES

जोर्डनका पुर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा परेका छन् । जोर्डनमा जारी भ्रष्टाचार र सरकारी असक्षमता एवं उत्पीडनको बारेमा सार्वजनिक अभिब्यक्ति दिएको आरोपमा पुर्व राजकुमार हमजालाई नजरबन्दको सजाय सुनाईएको हो ।

राजकुमार हमजाले आफुमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । जोर्डनको सैन्य बलका चीफ अफ स्टाफ आफनो घरमा आई घरबाट बाहिर ननिस्कन, कोही ब्यक्तिहरुसंग भेटघाट गर्न नपाईने गरी रोक लगाउँदै नजरबन्दमा पारिएको उनको भनाई छ ।

देशमा अराजक स्थिति निम्तेको आफुलाई भान परेतापनि यसबारेमा आफुले कतै अभिब्यक्ति नदिएको दावी गर्दै हमजाले आफुमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन । यसअघि यही आरोपमा देशका उच्च तहका राजनैतिक दलका नेताहरु पक्राउ परिसकेका छन् ।

यसअघि कोरोना भाइरसको महामारीसंगै जोर्डनमा शक्तिशाली खुफिया एजेन्सी सक्रिय भएको भन्दै मानवअधिकार संगठनले बिरोध गर्दै आएको थियो । राजकुमार किगं अबदुल्लाहका सौतेनी दाई हमजालाई सन् १९९९ मा जोर्डनको राजकुमारको उपाधी दिइएकोमा किगं अबदुल्लाहले सन् २००४ मा उनको उपाधि खोसेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा