शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अक्षय बने कोरोना संक्रमित


  • आइतबार, चैत्र २२ २०७७
20K
SHARES

New Delhi: Bollywood actor Akshay Kumar during an event, in New Delhi on Monday, May 28, 2018. (PTI Photo/Ravi Choudhary)(PTI5_28_2018_000159B)

बलिउड नायक अक्षय कुमारले आफूलाई कोरोना पोजिटिभ भएको बताएका छन् । भारतमा दोश्रो चरणको कोरोनाको लहर देखिदा धेरै कलाकार चलचित्रको छायांकनमा व्यस्त छन् ।

अक्षयले आफूलाई कोरोना पोजिटिभ देखिएको भन्दै आफ्नो सम्पर्कमा आउने सबैलाई टेष्ट गर्नका लागि आग्रह गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘म सबैलाई जानकारी दिन चाहन्छु कि, मलाई कोरोना संक्रमण देखिएको छ । मैले सबै नियमलाई पछ्याइरहेको छु । मैले आफूलाई तुरुन्तै आइसोलेट गरेको छु । म होम क्वारेन्टाइनमा छु र डाक्टरको नियमित सम्पर्कमा पनि छु । मेरो सम्पर्कमा आएका सबैलाई टेष्ट गर्नका लागि आग्रह गर्दछु । म चाडै नै चलचित्रको छायांकनमा फर्किनेछु ।

भारतमा दोश्रो चरणको कोरोनाको लहर सुरु भएसँगै नायक रणवीर कपुर, आमिर खान, नायिका आलिया भट्ट लगायतका कलाकारलाई कोरोना पोजिटिभ देखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा