बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

यी ४ राशि भएका मानिससँग अद्भुत शक्ति हुन्छ, तपाई नि पर्नुहुन्छ की ?


  • शनिबार, चैत्र २१ २०७७
12.9K
SHARES

फाईल तस्बिर

मानिसको जन्मको समय, बार, राशि अनुसार भाग्य निर्धारण हुने ज्योतिषीहरु बताउछन् । ज्योतिषीहरुको भाषा अनुसार भन्ने हो भने तपाई हाम्रो जीवन राशिअनुसार चल्छ । तपाईमाथि गृह, नक्षेत्रको के कस्तो प्रभाव परेको छ, यो कुरा राशिले स्वतः दर्शाउँछ ।

ज्योतिषीअनुसार जति पनि राशि छन् ती सबै उत्तिकै महत्वपूर्ण छन् । तर, त्यसमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै बलिया हुन्छन् । यी राशिहरु यती बलवान हुन्छन् की, त्यहाँ अरुले दबिएर बस्नुपर्ने बाध्यता हुन्छ ।

१. मेष राशि
यो श्रेणीमा सबैभन्दा पहिलो नम्बरमा मेष राशि छ । जो राशि अन्य सबै राशिभन्दा उर्जावान मानिन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छ, रोक्नु यीनिहरुको स्वभामा हुँदैन् । यदी कसैले यो राशिका मानिसहरुलाई दिक्क बनाउँछ भने उनीहरुले त्यसको वास्ता गर्न छाडिदिन्छन् ।

मेष राशिका मानिसहरु कसैमाथि भरोसा गर्दैनन् । कुनै पनि कुरालाई सधैं आफू मातहत राख्न सक्षम हुन्छन् । कुनै पनि कार्यमा आफ्नो निर्णय लागू गर्न चाहान्छन्, र धेरैजसो अवस्थामा सफल पनि हुन्छन् । यीनिहरु कसैसँग प्रभावित भएर आफ्नो जीवनको दिशा बदल्दैनन् ।

२. बृश्चिक राशि
बृश्चिक राशिका मानिसहरु समर्पित र इमान्दार हुन्छन् । साथै यस राशिका व्यक्तिहरुको भित्र विद्रोही भावना पनि प्रमुखताका साथ हुन्छ ।

जो मानिसहरु योग्य हुन्छन्, उनीहरुसँग यस राशिका व्यक्ति इमान्दारी निभाउँछन । तर, जो व्यक्तिहरु खुद धोकेबाज हुन्छन् ती व्यक्तिहरुले भने यस राशिका व्यक्तिबाट सदैव सावधान रहनु जरुरी हुन्छ ।

यो राशिका मानिसहरु धेरै भावुक पनि हुन्छन् । जसकारण कहिलेकाँही यीनिहरुलाई सहन मुस्किल पनि हुन्छ । बृश्चिक राशिका मानिसहरुमा भविश्यका संभावित घटनाबारे थाहा पाउने अद्भुत क्षमता हुन्छ ।

३. कुम्भ राशि
कुम्भ राशि भएका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको के हो भने उनीहरु भावनामा बगेर कुनै निर्णय गर्दैनन् । यदी जरुर पर्यो भने यीनिहरु आफ्नो भावन र समवेदनाहरुको पनि वास्ता नगरी अगाडि बढ्न सक्छन् ।

कुम्भ राशिका मानिसहरु धेरै रोचक र जिज्ञासु हुन्छन् । यीनिहरु बुद्धिमान पनि मानिन्छन् । यीनिहरु जिद्धी स्वभावका हुनुका साथै आत्मविश्वासी पनि हुन्छन् ।

४. मकर राशि
यो राशि सबैभन्दा उत्कृष्ट राशि मानिन्छ, किनभने यो राशिका मानिसहरुमा आत्म नियन्त्रणको भावना धेरै प्रबल हुन्छ । अन्य राशि भएका व्यक्तिको मकर राशिवालाहरुमा उत्कृष्ट तरिकाले सोच्ने र सम्झने क्षमता हुन्छ ।

यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छन् । मकर राशिका मानिसहरुमा आत्मविश्वास धेरै नै हुन्छ । जस कारण यो राशिका मानिसहरु धेरै छिटो सफलता हासिल गर्न सक्छन् । एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा