बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

शासनमा पुग्दा क्रान्ति भइहाल्ने, शासनमा पुग्न नसके प्रतिगमन भयो भन्दै हिड्ने ?


  • शुक्रबार, चैत्र २० २०७७
12.2K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘प्रतिगमनकारी’ का रुपमा चित्रण गर्न थालिएकोमा आपत्ति जनाएका छन् ।

कोही शासनमा पुग्यो भने क्रान्ति भइहाल्ने, कोही शासनमा पुग्न सकेन भने प्रतिगमन भयो भनिदिने परिपाटी देखिएको उनको भनाइ थियो ।

‘कोही प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन हुन्छ ?’ उनले प्रश्न गरे, ‘म प्रधानमन्त्री हुनुपर्छ भनेर अवैध बाटोबाट हिँड्ने, अनि प्रधानमन्त्री हुन नसकेपछि प्रतिगमन हुन्छ ?

आफ्नो आलोचनाका क्रममा ‘संविधान मास्यो, च्यात्यो, गणतन्त्र खत्तम हुने भयो, लोकतन्त्र खत्तम हुने भयो, संघीयता त ध्वस्तै पार्न आँट्यो’ भन्नेजस्ता टिप्पणी गर्न थालिएको भन्दै ओलीले त्यस्ता टिप्पणी व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा असन्तुष्टि व्यक्त गर्ने अभिव्यक्तिमात्र रहेको प्रस्ट पारे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा