आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

एउटाले बाटो बनाउँदै जान्छ, अर्काले भत्काउँदै, अब त्यस्तो हुनुहुँदैन : प्रधानमन्त्री ओली


  • शुक्रबार, चैत्र २० २०७७
21.2K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका काममा सरकारी निकायबीच तालमेल हुन जरुरी रहेको बताएका छन् । शुक्रबार भृकुटीमण्डपमा मेलम्चीको पानी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तालमेल नमिल्दा केही कामहरु भद्रगोल हुनपुगेको अब त्यस्तो हुन नदिने बताए । ‘केही तालमेलहरु मिलाउन बाँकी छ । सहकार्य गर्दा सहकार्यको तरिकाले अगाडि बढ्न जरुरी छ सरकारी निकाय र मन्त्रालयबीच समन्वय हुन जरुरी छ’, प्रधानमन्त्रीले भने, ‘एउटाले बाटो बनाउँदै जान्छ अर्काले भत्काउँदै जान्छ । अव त्यस्तो हुनुहुँदैन ।

उनले सरकारले सबैभन्दा पहिला मानिसको जीवन रक्षालाई प्राथमिकता दिएको भन्दै कोरोना महामारीकाबीच पनि विकास निर्माणले तीव्रता पाएको बताए । उनले त्यसको फलस्वरुप लामो प्रतिक्षाको विषय बनेको मेलम्चीको पानी काठमाडौबासीका धारामा खसाल्न सम्भव भएको दावी गरे । उनले सरकारले देश विकासमा सवै सामर्थ्य खर्च गरिएको पनि बताए । साथै उनले सरकारी सेवा प्राप्त नगरेका सेवाग्राहीले कुनै सेवा शुल्क र जरिवाना तिर्न नपर्ने बताए । उनले मेलम्चीको पानी वितरण गर्नुलाई खुसीको दिन भन्दै चौतर्फी रुपमा विकासका काम गरिरहेपनि केही तालमेल मिलाउन बाँकी नै रहेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा