बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

नेपाल समूहले भन्यो : नेताहरुमाथिको कारबाही तानाशाही लाद्ने, निरंकुश, स्वेच्छाचारी चरित्रको द्योतक हो


  • शुक्रबार, चैत्र २० २०७७
13.1K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले थप दुई नेतामाथि भएको कारबाहीको भत्र्सना गर्दै केपी शर्मा ओलीले अरुमाथि तानाशाही लाद्ने, निरंकुश, स्वेच्छाचारी चरित्र देखाएको प्रतिक्रिया दिएको छ ।

शुक्रबार दिउँसो कलंकीस्थित एक पार्टी प्यालेसमा बसिरहेको नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेमाथि भएको कारबाहीको विरोध गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनासम्म निलम्बन गर्ने निर्णय गरेका थिए । यसअघि उनले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यही कारबाही गरेका थिए ।

नेताहरुमाथि भएको कारबाहीले पार्टीको विधान मिच्नुका साथै कम्युनिष्ट आन्दोलनलई नै लज्जित बनाएको नेता भिम रावलको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा