एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षका स्थायी समिति सदस्यहरुको बैठक सुरु भएको छ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा ११ बजे बस्ने भनिएको बैठक झण्डै डेढ घण्टा ढिलागरी सुरु भएको हो । एमालेमा चुलीदो मदभेदका बिच माधब नेपाल खेमाले आगमि कार्यदिशा के लिने हो भन्ने आम चासोको बिषय छ ।
पार्टीमा संगै बस्ने हो या नया पार्टी खोल्ने हो भन्ने आम जनताको चासोको बिषय छ ।
बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल तथा नेताहरु सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, युवराज ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई,अष्टलक्ष्मी शाक्यलगायत सहभागी छन् । अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित चार जनालाई कारबाही गरेपछि नयाँ रणनीति बनाउने विषयमा छलफल केन्द्रीत हुने नेताहरुले बताएका छन् ।
आजकाे बैठकले खनाल–नेपाल पक्षले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्ने छ । बैठकले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत कार्ययोजना बनाउने बताइएको छ । साे समुहका एक नेताका अनुसार गत चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा पारित कार्यपत्रलाई आवश्यक संशोधन गर्दै दस्तावेजका रुपमा तल्ला कमिटीसम्म वितरण गर्ने योजना छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।