बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु


  • शुक्रबार, चैत्र २० २०७७
8.7K
SHARES

फाईल तस्बिर

काठमाडौंको पेप्सीकोलास्थित छाप्रोमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शुक्रवार बा.१० च २८६४ नम्बरको कार दुर्घटना हुँदा २० वर्षीय डितम गुभाजुको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।

मुलपानीबाट जडिबुटीतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर सडकको बारमा ठोेक्किएको थियो । कार चालक विरेन्द्र राज श्रेष्ठलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेको छ ।

उनलाई सवारी ज्यान अन्तर्गतको कसुरमा मुद्दा चलाइने महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ । डितमको शव ट्रमा सेन्टरमा राखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा