प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले नेकपा माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् । माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेपछि मन्त्री बनेका आङ्बुहाङले स्पष्टीकरणको जवाफ नदिने भएका हुन् ।
‘जवाफ पठाइरहनुको औचित्य छैन अब पठाउँदा पनि केही हुनेवाला छैन,’ उनले भने, ‘अर्काे दलमा गइसकेका कारण विधान अनुसार उहाँहरुले गर्नुभएको हो, पत्रको जवाफ दिने, नदिने कुराले के औचित्व राख्छ र ?’ उनले स्पष्टीकरण पत्र आफूले अध्ययन पनि नगरेको बताए ।
दलको विधान विपरित काम गरेको भन्दै माओवादी केन्द्रले आङ्बुहाङलाई मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । २४ घण्टाको अवधिमा पत्र नपठाएका उनले जवाफ लेख्नुको औचित्य पनि नभएको बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।