बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

खुलेन उपत्यकाको आकाश, अपराह्नपछि पानी पर्ने सम्भावना


  • बिहिबार, चैत्र १९ २०७७
5.8K
SHARES

फाईल तस्बिर

काठमाडौं उपत्यकासहितका पहाडी भूभागमा बिहीबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

अपराह्नपछि बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भागमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद मञ्जु वासीले बताइन् । शुक्रबारदेखि पुनः पानी पर्ने प्रणाली कमजोर हुने पूर्वानुमान गरिएको उनले बताइन् ।

बुधबार बेलुका काठमाडौं उपत्यकासहितका जिल्लामा पानी परेको थियो । त्यो पानीले वायु प्रदुषण केही हदसम्म कम गर्न सघाए पनि पूर्णरुपमा मौसम सफा भने अझै नभएको मौसमविद वासीले बताइन् । ‘आजबाट मौसम केही सफा भए पनि पूर्णरुपमा आकाश खुल्न अझै केही दिन लाग्छ,’ उनले भनिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा