बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

संसदीय दलको बैठकमा मुख्यमन्त्रीको कमजोरी औंल्याउँछौं: अष्टलक्ष्मी शाक्य


  • बुधबार, चैत्र १८ २०७७
8.8K
SHARES

फईल तस्बिर

नेकपा एमालेको वाग्मती प्रदेश संसदीय दलको बैठक बुधबार बस्दैछ । बैठकमा माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी हुँदैछन् ।

नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले अहिले दल पनि एक भइसकेको र आफूहरुले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिइसकेकाले बैठकमा जाने बताइन् ।

उनले भनिन्, ‘हामी नतमस्तक भएर डोरमणि पौडेलेको कुरा सुन्न दलको वैठकमा जाने होइनौं, आफ्नो कुरा राख्न, सरकारले गरेको गल्ती कमी कमजोरी औंल्याउन जाने हो ।’

विगतमा पनि पार्टी नफुट्दा सरकारलाई निरन्तर सुझाव र सल्लाह दिइरहको भन्दै नेतृ शाक्यले आफूहरुको कुरा मुख्यमन्त्रीले निरन्तर बेवास्ता गरेको बताइन् ।

मुख्यमन्त्री पौडेलले महत्वपूर्ण योजना रकमान्तर गरेर आफू अनुकुलका प्रदेश सभा सदस्यहरुलाई दिएको जानकारी आएको भन्दै उनले यस विषयमा बुधबारको बैठकमा जवाफ माग्ने बताइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा