बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

ट्रायल मापदण्ड परिवर्तन हुँदै स् ६० प्रतिशत ल्याए पास, गल्ती बढ्दै जाँदा नम्बर घट्ने


  • बुधबार, चैत्र १८ २०७७
10.7K
SHARES

फाईल तस्बिर

सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ।

मापदण्ड परिवर्तन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए।

विभागले पुसमा कार्यविधि संशोधन गर्न मन्त्रालयलाई प्रस्ताव पेश गरेको थियो।

‘हामीलाई मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको छ। अब कार्यविधि संशोधन गर्छौं,’ उनले भने।

उनका अनुसार कार्यविधि संशोधनको ड्राफ्ट तयार भई स्वीकृतको प्रक्रियामा छ। कार्यविधि संशोधन भएपछि सानो गल्तीले ट्रायल फेल नहुने विभागका महानिर्देशक घिमिरेले बताए।
पहिले ट्रायल पास वा फेल मोडल थियो। अब पास वा न्युमेरिकल भ्यालुबाट मुल्यांकन हुन्छ,’ उनले भने। अहिलेसम्म ट्राफिकले सिट्ठी फुकेर बोलाएपछि ट्रायल दिन गइन्थ्यो भने अब सवारी साधन चलाउनुभन्दा अगाडि के–के कुरामा ध्यान दिनुपर्छ त्यो पनि हेरिने उनले बताए।

‘कुनै पनि सवारी साधन चलाउँदा डिजेल वा पेट्रोल छ, छैन, ब्रेकको अवस्था, हेलमेट लगाउनुपर्ने लगायत आधारभुत कुरामा ध्यान दिनुपर्छ। अब ट्रायलमा त्यो पनि समावेशमा हुन्छ,’ उनले भने।

उनले अगाडि थपे, ‘कुन–कुन कुरा पुरा गर्नै पर्छ र कुन कुरा पुरा नगर्दा पनि हुन्छ त्योअनुसार नम्बर राखिन्छ।’

उनका अनुसार सुरूमा सबैलाई १ सय अंक नै दिइन्छ। त्यसपछि गल्ती गर्दा नम्बर काटिंदै जान्छ। ६० प्रतिशतभन्दा कम अंक ल्याउने ट्रायल फेल हुन्छ भने सो सम्मको अंक ल्याउने ट्रायल पास हुन्छ।

राम्रोसँग सवारीसाधन चलाउन जान्नेहरू पनि सामान्य गल्तीमा फेल हुँदा बिचौलियाकहा जाने समस्या देखिएकाले यसप्रकारको मापदण्ड ल्याउन लागिएको उनले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा