शनिबार, साउन ९ २०८३
ताजा अपडेट

दिँदा नखाने राति गएर कोल चाट्ने, प्रचण्डको स्वार्थका पछाडि देश सती जान सक्दैन : प्रधानमन्त्री


  • मंगलबार, चैत्र १७ २०७७
15.8K
SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलाप्रति माओवादी केन्द्रले गरेको पुनरवलोकनलाई लिएर असन्तुस्टी जनाउदै,दिँदा नखाने राति गएर कोल चाट्ने, प्रचण्डको स्वार्थका पछाडि देश सती जान नसक्ने कुरा बताएका छन ।

रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अदालत मजाक गर्ने ठाउँ हो भनेर प्रश्न गरे ।

एकताको विषयमा कुरा गर्न आफूले प्रचण्डलाई फोन गरेको पनि बताए । तर, त्यो विषयलाई प्रचण्डले अखबारवाजी गरेको आरोप लगाए ।

‘एकता बाँकी थियो र अदालतले भंग गर्ने ? जहाँ अध्यक्षलाई दलको नेताबाट, पार्टीको साधारण सदस्यबाट समेत हटाइन्छ, त्यहाँ एकता थियो भनेर ढाँट कुरा गर्ने ? तैपनि मैले कुरा गर्नलाई फोन गरेँ । उहाँले मजाक बनाएर अखबारवाजी गर्नुभो । अहिले एकताको कुरा गर्दै हुनुहुन्छ । दिँदा नखाने राति गएर कोल चाट्ने ?’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा