प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उल्टापाल्टा कुरा नगर्न आग्रह गरेका छन्।
पार्टी एकताकै बेकारको कुरा डबलीमा गर्दै हिँडेको भन्दै ओलीले प्रचण्डलाई बेकारका उल्टापाल्टा कुरा नगर्न भनेका छन्।
नेकपा खारेज गरेको विषयमा प्रचण्डले आज सर्वोच्चमा मुद्दा दिएका थिए। त्यसतर्फ संकेत गर्दै ओलीले अदालतले पार्टी मिलाइदिने हो भन्ने प्रश्न गरेका छन्।
साथै निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्न पनि उनले आग्रह गरेका छन्।
‘निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्न कसले रोकेको छ? रिपोर्टस् क्लवको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अनि अदालतमा पार्टी एउटै गरिपाऊँ भन्ने? अदालतले गरिदिने हो पार्टी एकता?
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।