बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

ओली गुटको मात्र अध्यक्ष हुन, हामीलाई कार्भाई गर्ने अधिकार छैन : नेपाल


  • सोमबार, चैत्र १६ २०७७
10.1K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीलाई ‘गुटको मात्र अध्यक्ष’ भएको कारबाही गर्ने अधिकार नभएको दावी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् , ‘सञ्चार माध्यममा आएअनुसार आज म र कमरेड भीम रावललाई निलम्बन गरिएको भन्ने कुरालाई म अस्वीकार गर्दछु ।’

उनले ओलीले विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई कारबाही गर्ने कुनै अधिकार नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘नीति, विधि, नैतिकता, मूल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु ।

उनले टुक्रा–टुक्रामा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत, विस्तार र विकास गरेको आफूहरुले नै गरेको बताउँदै यसको रक्षा पनि आफूहरुले नै गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘मैदान छोडेर भागिने छैन, नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अत: निराश होइन दृढ बनेर कम्युनिस्ट आन्दोलनको रक्षा गरौं ।’

https://www.facebook.com/madhavnepaluml/posts/1688103161376132


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा